गृहपृष्ठ राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन एनिस नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन एनिस नियुक्त

राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन एनिस नियुक्त

विवादबीच बुधबार बसेको अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठकले विभिन्न २० निर्णय गरेको छ । एन्फा कार्यसमितिको बैठकले नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक रेन्जी अल्बर्टो एनिसलाई नियुक्त गरेको छ ।

एन्पाले पदपूर्ति समितिले सिफारिस गरेअनुसार वितीय निर्देशकमा संजय गिरी, खरिद प्रमुख कृष्ण श्रेष्ठ इन्जिनियरमा नविन राजभण्डारी र लेखा सहायक रवि खड्का र राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जी अल्बर्टो एनिस नियुक्ति गरेको जनाएको छ ।

बिहान ८ बजे बोलाइएको कार्यसमिति बैठक एजेण्डा प्रवेशको विवादले ढिला सुरु भए पनि विवादित बनेको थियो । एन्फाको संस्थापन पक्षले १९ वटा एजेण्डा राख्दै कार्यसमिति बैठक बोलाएको थियो । तर दुई उपाध्यक्षसहित ५ केन्द्रीय सदस्यले महासचिव र कोषाध्यक्ष बर्खास्त गर्नुपर्नेसमेत एजेण्डामा सहभागी गराउन माग गरेका थिए ।

तर एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले आफूले संघको विधानको धारा ३९ (३) बमोजिम एजेण्डा थप्न नसक्ने बताएपछि बहुमत कार्यसमितिले बैठक बहिस्कार गरेका थिए ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु