गृहपृष्ठ २ हजार अंकभन्दा तल झर्‍यो नेप्से

२ हजार अंकभन्दा तल झर्‍यो नेप्से

२ हजार अंकभन्दा तल झर्‍यो नेप्से

सेयर बजार मापक नेप्से दुई हजार अंकभन्दा तल भरेकाे छ । बुधबार २४.४४ अंकले घटेर नेप्से १९९५.४९ विन्दुमा आइपुगेको हाे । यस दिन एक अर्ब २८ करोड ८३ लाख रूपैयाँको कारोबार भएको छ ।

आज आदर्श लघुवित्त कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य बुधबार १५१.२० रुपैयाँले बढेको छ । मंगलबार पनि यस लघुवित्तको सेयरमा सर्किट लागेको थियो ।

यस्तै, आज सबैभन्दा बढी बोटलर्स नेपाल तराईका सेयरधनीले गुमाएको छ । कम्पनीका सेयरधनीले १३ सय ३३ रुपैयाँ गुमाएको हो । कारोबारका आधारमा अपर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आठ करोड ७२ लाख ३७ हजार बराबरको सेयर कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा माइक्रोफाइनान्स समूह रहेको छ । यो समूहको परिसूचक २.६५ प्रतिशतले परिसूचक घटेको हो ।

प्रकाशित समय : १५:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु