आइसीसी विश्वकप लिग-२ : नेपालको कीर्तिमानी जित
वि.सं.२०७९ फागुन ९ मंगलवार १६:४३
shares

घरेलु मैदानमा आयोजना भएको ‘आइसीसी विश्वकप लिग-२’ अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित हासिल गरेकाे हो । यससँगै नेपाल लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेर कीर्तिमान बनाएकाे छ । यस्तै नेपाल लिग टूको सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली बनेको छ ।
स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्याे । नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित रहँदै ९५ रनको शतकीय इनिङ खेले ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो । स्कटल्याण्डका लागि आज जन्मदिन मनाइरहेका जर्ज मुन्शेले ५० बलमा ६० रनको अर्धशतकीय इनिङ खेले ।


























