काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेयर बजारमा दोहोरो अंकको गिरावट

7.16K
shares

सोमबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जकाअनुसार २३ दशमलव ६० अंकले घटेर बजार परिसूचक २ हजार ४६ दशमलव ८१ को बिन्दुमा आइपुगेको छ ।

सोमबार २५८ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा १७७ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य बढेको र ७ कम्पनीको मूल्यमा कुनै परिवर्तन नआएको नेप्सेले जनाएको छ ।

३८ हजार ४१५ कारोबार मार्फत ६० लाख ९१ हजार ३५३ किता सेयर दोस्रो बजारमा खरिद बिक्री हुँदा कारोबार रकम एक अर्ब ९४ करोड ७६ लाखमा सीमित छ । कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फण्डबाहेक सबै उपसमूह राताम्मे बनेका छन् ।

सोमबार बजारमा राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । यसबाहेक दोर्दी खोला, एनएमबी हाइब्रिड फण्ड लगायतका कम्पनीका लगानीकर्ताले नाफा कमाए । जीवन विकास लघुवित्त, उपकार लघुवित्त र हिमालयन डिष्टिलरीका लगानीकर्ताले बजारबाट धेरै गुमाए ।