global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन् ।

सैनिक मुख्यालय जंगी अड्डामा प्रधानसेनापतिसहित समकक्षसँग उनीहरूले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गरेका हुन् । भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग नेपाल भ्रमणमा हुन् ।

सेना दिवसका अवसरमा नेपाली सेनाले आजै जंगी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उनीहरू सहभागी भए । यसअघि उनीहरूले आजै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा उनीहरूले अथितिका रूपमा भाग लिएका थिए । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा छ ।

नेपाली सेनाले यस वर्ष २६०औं स्थापना दिवस मनाएको छ ।

प्रकाशित समय : २१:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु