गृहपृष्ठ मोबाइलले ल्याएको विकृतिबारे सडक नाटक देखाइने

मोबाइलले ल्याएको विकृतिबारे सडक नाटक देखाइने

मोबाइलले ल्याएको विकृतिबारे सडक नाटक देखाइने

भक्तपुरमा मोवाइलसँगै इन्टरनेट, टेलिभिजनहरु, टिकटकहरुको दुरुपयोगले बालबालिकाहरुमा परेको नकारात्मक प्रभावबारे सडक नाटक देखाइने भएको छ । भक्तपुरको सल्लाघारी दुवाकोटस्थित गोल्डेन सुनगाभा इगलिश स्कुलको २५ औ वार्षिकोत्सवको अवसरमा स्कुल आसपासका चार वटा चोकहरुमा यसबारे नाटक देखाइने भएको हो ।

स्कुलले वार्षिकोत्सवकोबारेमा जानकारी दिन शुक्रबार गरेको पत्रकार सम्मेलनमा स्कुल व्यवस्थापन समितिका अध्यक्ष लीलानाथ निरौलाले मोबाइल, इन्टरनेट, टिभीको दुरुपयोग नगर्न जनचेतना जगाउने उद्देश्यले कार्यक्रम गर्न लागेको जनाए । कार्यक्रम स्कुलको वार्षिकोत्सवको क्रममा फागुन १० गते हुने जनाए । स्कुल वरिपरिको निकोसेरा, बेंसी, मंगलबजार चोक र सल्लाघारी दुवकोट

चोकमा गरी चार ठाउँंमा नाटक देखाइने उनले जनाए । नाटक २० मिनेटको रुहेको जनाइएको छ । एउटै टोलीले एकैतीन फरकफरक समयमा चार वटै चोकमा नाटक प्रस्तुत गरिने जनाइएको छ ।
सम्मेलनका स्कुलका प्रिन्सिपल महेशचन्द्र गौतमले वार्षिकोत्सव कार्यक्रम फागुन ७ गतेदेखि १३ गतेसम्म हुने जनाए ।

प्रकाशित समय : १६:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु