गृहपृष्ठ नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ घाइते

नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ घाइते

नुवाकोटमा बस दुर्घटना : ३ जनाको मृत्यु, २३ घाइते

नुवाकोटको विदुर नगरपालिका-१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर-४, बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका-१, दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नम्बरको बस विदुर-१२, चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए । उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका-६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर-३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिए ।

प्रकाशित समय : २०:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु