गृहपृष्ठ राकुटेन भाइबरले एआई क्षमताका नयाँ च्याटबट अनलक गर्दै

राकुटेन भाइबरले एआई क्षमताका नयाँ च्याटबट अनलक गर्दै

राकुटेन भाइबरले एआई क्षमताका नयाँ च्याटबट अनलक गर्दै

राकुटेन भाइबरले ए आई क्षमताका साथ आफ्नो नयाँ च्याटबट अनलक गर्ने भएको छ । राकुटेन भाइबरले डल-ई र दाविंचीको एआई जेनरेटरहरूद्वारा संचालित भाइबर एपमार्फत एआई च्याट एन्ड क्रिएट च्याटबटले प्रयोगकर्ताहरूलाई प्रश्नहरू सोध्न र तस्बिरहरु डिजाइन गर्न सहजता प्रदान गर्ने भएको हो ।

राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपले नयाँ च्याटबट, एआई च्याट एन्ड क्रिएट को सुरुवात गरेको छ । जसले प्रयोगकर्ताहरूलाई एआई टेक्स्ट र तस्बिरहरु बनाउन सहजता प्रदान गर्दछ । डलई र दाविंची जस्ता जेनेरेटिभ एआईका विशिष्ट प्रयोग गरिएको भाइबर एपको माध्यमबाट प्रयोगकर्ताहरूले च्याटबटमार्फत कुनै पनि प्रश्न सोध्न वा अद्वितीय तस्बिरहरू डिजाइन गरेर च्याटबटलाई रचनात्मकता ढंगबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएकाे छ ।

परिवर्तनशील संसारमा लैजाने नवीनतम एआई उपकरणहरू प्रयोग गर्न चाहने प्रत्येक एआई सेवाको लागि प्रयोगकर्ताहरूले नयाँ एकाउन्ट बनाउनु पर्ने हुन्थ्यो । एआईले कसरी काम गर्छ भन्ने आधारभूत बुझाइ र प्राविधिक जानकारी हुन आवश्यक हुन्छ । एआईमा बढ्दो चासोको कारण भाइबरको लक्ष्य भनेको एआईलाई थप पहुँचयोग्य र यसका प्रयोगकर्ताहरूका लागि सहज बनाउनु हो ।

भाइबरले जटिल प्रविधि र प्रयोगकर्ता बीचको सहजताको लागि पुलको रूपमा काम गर्दछ जसको कारण प्रयोगकर्ताहरूले आफ्नो इमेल प्रयोग नगरीकन वा प्रत्येक सेवाको लागि छुट्टै एकाउन्ट सिर्जना नगरी यसको भरपुर आनन्द लिन सक्नेछन् । केही ट्यापबाट नै प्रयोगकर्ताहरूले साथीहरूसँग च्याट गर्ने क्रममै बट प्रयोग गर्न, आफ्नो कला प्रस्तुत गर्न र सहजै प्रश्नहरुको जवाफ दिन सकिने कम्पनीले जनाएकाे छ ।

‘अहिले विश्व प्राविधि क्षेत्रमा एआई टेक्नोलोजीको बारेमाको धेरैको ध्यानाकर्षण भएको छ, धेरैभन्दा धेरै मानिसहरु यस प्राविधिबाट प्राप्त गर्ने चमत्कारहरु प्रयोग बारे बुझ्दैछन् । यद्यपि, यी उपकरणहरूमा पहुँच सबैका लागि सरल छैन, तर हामी एपभित्र कुनै विशेष सेवामा दर्ता नगरी, भाइबर च्याटको सुविधामै विभिन्न एआई सेवाहरू प्रयोग गर्ने सबैभन्दा सजिलो तरिका, बिना झन्झट र पूर्ण रुपमा प्रदान गर्नेछौं । हामी यी उद्योग अग्रणी एआई उपकरणहरूलाई सिधै एपमा पहुँच प्रदान गर्दछौं, जसको मद्दतले प्रयोगकर्ताहरूले आफ्नो सिर्जना वा जवाफहरू तुरुन्तै प्रस्तुत गर्न सक्छन् । हाल च्याटबटले दुई विकल्पहरू प्रदान गर्दछ । एउटा तस्बिरहरूका लागि र अर्को टेक्स्टका लागि हामी निकट भविष्यमा अन्य सेवाहरु निरन्तर विस्तार गर्न खोजिरहेका छौं,’ राकुटेन भाइबरका सीईओ ओफिर इयालले भने ।

अर्गानिक पद्दतिबाट च्याटबटमा पहिले नै ६,००० भन्दा बढी सब्स्क्राइबर्सका साथै २५०,००० भन्दा धेरै दर्शक छन् । यो संख्या निरन्तर बढ्दै गइरहेको छ । यदि तपाइलाई यसको प्रयोग कहाँबाट सुरु गर्ने भन्नेबारे थाहा छैन भने च्याटबटको लागि ‘इन्स्पायर मी’ मा क्लिक गरी यसको क्षमताको उदाहरणहरु हेर्न सकिन्छ ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु