गृहपृष्ठ बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सुविसुको सेवा अवधि थप
बाढीका कारण सेवा प्रभावित ग्राहकलाई सुविसुको सेवा अवधि थप
हालैको बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकहरूलाई सहजीकरण गर्ने उद्देश्यले सुविसुले प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकहरूलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराएको छ।
भाद्र १० गते आएको भीषण बाढीपछि, विशेषगरी भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा भएको क्षतिका कारण बट्टार, चरौंदी, चौघडा, देवीघाट, धादिङ, हुङ्दीखोला, खाल्टे, खानीखोला , गल्छी, धार्के र मलेखुलगायत क्षेत्रमा सुविसुका इन्टरनेट सेवाहरू प्रभावित भएका छन्।
सेवा पुनःस्थापनाका विषयमा सुविसुका प्रमुख सञ्चालन अधिकृत सुवास अधिकारीले भने, ‘सुविसुले प्रभावित क्षेत्रमा नेटवर्क तथा इन्टरनेट सेवा पुनःस्थापनाको कार्यलाई निरन्तरता दिइरहेको छ। स्थानीय अवस्था तथा पहुँचलाई ध्यानमा राख्दै हाम्रा प्राविधिक टोलीहरू सेवा यथाशीघ्र पुनःस्थापना गर्न फिल्डमा सक्रिय रूपमा खटिरहेका छन्। यस क्रममा सेवाको पुनःस्थापनासँगै फिल्डमा खटिएका हाम्रा प्राविधिक टोलीहरूको सुरक्षालाई पनि उच्च प्राथमिकतामा राखिएको छ।’
प्रकाशित समय : ११:२७ बजे


















