गृहपृष्ठ डिशहोमको नयाँ कनेक्सन अब ३ हजारमै, १ लाख जित्ने मौका पनि

डिशहोमको नयाँ कनेक्सन अब ३ हजारमै, १ लाख जित्ने मौका पनि

डिशहोमको नयाँ कनेक्सन अब ३ हजारमै, १ लाख जित्ने मौका पनि

डिशहोमले आफ्नो नयाँ कनेक्सनको शुल्क घटाएको छ । नयाँ कनेक्सनका लागि ३९९९ रुपैयाँ शल्क लिँदै आएकोमा अब भने २९९९ रुपैयाँ मात्र लाग्ने भएको छ ।

कम्पनीले आफ्नो पुरानो अफरमा एक हजार रुपैयाँ छुट दिँदै यस्ताे याेजना ल्याएकाे हाे । यसको अर्थ अब नयाँ जडान गर्ने ग्राहकले नयाँ कनेक्सनका लागि २ हजार ९९९ रुपैयाँ मात्र भुक्तानी गर्दा पुग्ने भएको छ । यो योजना आजबाट सुरु भएर केही समयमा लागि पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसका साथै डिशहोमका ग्राहकले पनि आफ्नो प्याकेज एकमुष्ट एक वर्षको रिचार्ज गर्दा २४ महिनासम्म सेवा लिन पाउने भएका छन् । यो अफर डिशहोमको फन्ड ट्रान्सफर र रिचार्ज कार्डबाट रिचार्ज गर्दा मात्र लागू हुने बताइएकाे छ ।

एक वर्षको रिचार्ज गर्ने ग्राहकमध्ये एकले हरेक हप्ता एक लाख रुपैयाँ नगद जित्ने मौका पनि पाउनेछन् ।

प्रकाशित समय : २०:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु