nmb bank

गृहपृष्ठ ख्वपमा शैक्षिक प्रदर्शनी सुरु

ख्वपमा शैक्षिक प्रदर्शनी सुरु

ख्वपमा शैक्षिक प्रदर्शनी सुरु

भक्तपुरमा बुधबारदेखि दुईदिने शैक्षिक प्रदर्शनी सुरु भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औ र शारदा क्याम्पसको ३२ औ वार्षिक उत्सव तथा ख्वप कलेज अफ लको स्थापना एवं सञ्चालनको अवसरमा प्रदर्शनी सुरु भएको हो ।

कलेजका प्राचार्य एव वार्षिकोत्सव समारोह मुल समितिका संयोजक रुपक जोशीले प्रदर्शनीमा एक सय भन्दा वढी स्टलहरु रहेको जानकारी गराए । प्रदर्शनीमा कलेजमा ११ कक्षादेखि माष्टर्ससम्म अध्ययनरत दुई हजार भन्दा वढी विद्यार्थीहरु प्रत्यक्ष सहभागी रहेको उनले जनाए । कलेजमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटा सँंकायमा कक्षादेखि माष्टर्ससम्मको पढाई हुने गर्दछ । प्रदर्शनीमा विद्यार्थीले आफूले पढेका विषयसँंग सम्वन्धित स्टलहरु राखेका छन् ।

यसअघि वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गरेका थिए । त्यस अवसरमा विजुक्छेंले ठूूला राजनीतिक दलहरुभित्रका नेताहरु २० मा ५ जना विदेश एजेन्ट भएको दावी गरे । ती पार्टीका केन्द्रिय सदस्यहरुमध्ये यो अनुपातमा विदेशी एजेन्ट भएको दावी उनले गरे ।

भक्तपुर यही कारण नेपाली नेताहरुले चुनाव अगाडि दिने वाचाहरु झुठा सावित हुने गरेको उनले बताए । ठूला राजनीतिक दलहरु विदेशीको इशारामा चल्नुपर्ने भएकाले चुनावमा वाचा गरेका विषयवस्तुहरु विदेशीले पूरा गर्न नदिने गरेको उनले बताए ।

वार्षिकोत्सवकै अवसरमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । कलेजमा विभिन्न संकायमा अध्ययनरत माष्टर्ससम्मका त्रिविबाट सञ्चालित बोर्ड परीक्षामा वर्षगत, सेमेष्टरगत तथा संकायगत परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल ख्वप कलेज तथा शारदा क्याम्पसका विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा दसवर्षसम्म निरन्तर सेवारत शिक्षक तथा कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो। साथै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयी खेलाडी तथा टिमहरुलाई पनि पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रदर्शनी विहीबारसम्म चल्ने छ । प्रदर्शनीमा प्रवेश निःशुल्क गरिएको जनाइएको छ ।

प्रकाशित समय : १०:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु