global ime bank Long Banner Ad

गृहपृष्ठ नामिबियाविरूद्ध स्कटल्याण्डको सानदार जित

नामिबियाविरूद्ध स्कटल्याण्डको सानदार जित

नामिबियाविरूद्ध स्कटल्याण्डको सानदार जित

आइसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्याण्डले नामिबियालाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार जर्ज मुन्सेको शतकसँगै स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको हो । सिरिजमा नामिबियाको यो लगातार दोस्रो हार हो । मंगलबार नामिबिया नेपालसँग पराजित भएको थियो ।

नामिबियाले दिएको १५४ रनको लक्ष्य स्कटल्याण्डले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पूरा गरेकाे हाे । स्कटल्याण्डको जितमा मुन्सेले ६१ बलमा १२ चौका र ७ छक्काको सहयोगमा अविजित १०३ रनको शतकीय इनिङ खेले ।

यस्तै केली कोट्जरले ७२ बलमा ७ चौका सहयोगमा अविजित ४६ रन बनाए । नामिबियाका लागि कुनै खेलाडीले विकेट लिन सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले ३९.२ ओभरमा अलआउट भएर १ सय ५३ रन बनाएको थियो । नामिबियाका लागि लोह्यान्डरी लोरेन्स ५४ रनमा आउट हुँदा बेर्नाड स्कोल्टेजले ३० रन बनाए ।

जान ग्रिनले २५ रन बनाउँदा प्रिन्कि फ्रान्सले ११ रन बनाए । कप्तान ग्रेहार्ड इरास्मस र जान निकोल शुन्य रनमा आउट भए । मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए ।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु