global ime bank Long Banner Ad

गृहपृष्ठ खानेपानीमा विश्व बैंकको १० अर्ब ४० करोड ऋण सहयोग

खानेपानीमा विश्व बैंकको १० अर्ब ४० करोड ऋण सहयोग

खानेपानीमा विश्व बैंकको १० अर्ब ४० करोड ऋण सहयोग

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनामा विश्व बैंकले १० अर्ब ४० करोड रुपैयाँ (करोड डलर) सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । सो आयोजनाको काम औपचारिक रुपमा थालनी समेत गरिएको छ ।

खानेपानी मन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले संयूक्त रूपमा शुक्रबार यस आयोजनाको शुभारम्भ गरे ।

विश्व बैंकबाट ८ करोड अमेरिकी डलरको ऋण र नेपालको दुई करोड अमेरिकी डलर बराबरको आन्तरिक लगानीमा कार्यान्वयन हुने यस आयोजनाले सहभागी पालिकाहरूमा सुधारिएको र सुरक्षित खानेपानी तथा सरसफाइ सेवाको पहुँच विस्तार गर्ने मन्त्रालयले जनाएको छ ।

‘संघीयताको सिद्धान्त अनुरूप दिगो र समतामूलक विकास प्रक्रियामा टेवा पुर्‍याउने हेतुले कार्यान्वयन गरिने यस आयोजना सम्बन्धी कार्यक्रमहरूको योजना तर्जुमा र कार्यान्वयन समेत स्थानीय पालिकाहरूबाट सञ्चालन गरिने छ’ मन्त्रालयले एक विज्ञप्तिमार्फत भनेको छ ‘यस आयोजनाले स्थानीय स्तरमा सेवा प्रवाह र सोसँग सम्बन्धित संस्थागत क्षमता सुदृढीकरणलाई जोड दिनेछ ।’

प्रकाशित समय : ०८:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु