काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

राष्ट्रपतिले आज संघीय संसदमा सम्बोधन गर्दै

6.68K
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदमा सम्बोधन गर्दैछिन् । आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

संयुक्त बैठकलाई राष्ट्रपति भण्डारीले दिउँसो तीन बजे सम्बोधन गर्ने तय भएको छ ।

राष्ट्रपतिको कार्यकाल सकिन लागेको छ । आगामी फागुन २८ गते उनको कार्यकाल सकिने भएकोले राष्ट्रपति भण्डारीले संयुक्त बैठकलाई सम्बोधन गर्न लागेकी हुन् ।

भण्डारीको यो दोस्रो कार्यकाल हो । संवैधानिक व्यवस्था अनुसार एकै व्यक्ति दुई पटकभन्दा बढी राष्ट्रपति हुने व्यवस्था छैन ।

फागुन २८ गते राष्ट्रपतिको कार्यकाल सकिने भएकोले त्यसअघि २५ गते नै राष्ट्रपति निर्वाचनको मिति तय गरिएको छ । त्यसका लागि तयारी थालिएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिको सम्बोधनपछि संसद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधनको प्रति टेबल गर्नेछन् भने सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।