गृहपृष्ठ युनियन लाइफको साधारणसभाले पारित गर्याे लाभांश र मर्जर प्रस्ताव
युनियन लाइफको साधारणसभाले पारित गर्याे लाभांश र मर्जर प्रस्ताव
युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पाँचौ वार्षिक साधारणसभाले लाभांश र मर्जर प्रस्ताव पारित गरेकाे छ । साधारणसभा बिहीबार भैरहवामा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर संरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्तावसमेत पारित गरेको छ ।
सभाले युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच आपसमा गाभिने सम्बन्धमा भएको प्रारम्भिक सम्झौतालाई पनि अनुमाेदन गरेकाे छ। त्यस्तै कम्पनीको सेयर कारोबार रोक्का राख्ने गरी भएको निर्णय तथा कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्यांकन कार्य गर्न लेखापरीक्षक तथा परामर्शदाता नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने गरी भएको सञ्चालक समितिका निर्णयहरु पनि सभाबाट अनुमाेदन भएकाे कम्पनीले जनाएकाे छ ।
प्रकाशित समय : १३:४५ बजे