global ime bank Long Banner Ad

गृहपृष्ठ विप्लव नेतृत्वको नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा

विप्लव नेतृत्वको नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा

विप्लव नेतृत्वको नेकपाद्वारा देशव्यापी विरोध प्रदर्शनकाे घाेषणा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो पार्टीले फागुन ५ र १५ गते चर्को महँगीविरुद्ध देशव्यापी विरोध गर्ने बताए ।

पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको विश्वकर्माको भनाइ छ । पार्टीले संसदमा रहेका र नरहेका विभिन्न कम्युनिष्ट पार्टीका साथै राजनीतिक दलहरूबीच रुपान्तरणका मुद्दामा बहस गर्दै जाने निर्णय लिएको उनको भनाइ छ ।

‘जनताका मौलिक अधिकारका लागि संघर्ष गर्ने, राज्यले मिटरब्याजीलाई अपराधी घोषणा गर्नुपर्छ । फागुन ५ गते मिटरब्याज, बैंकको चर्को ब्याजदर र लघुवित्तका बिरुद्ध र फागुन १५ गते चर्को महँगीका विरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्नेछ,’ विश्वकर्माले भने, ‘३ बुँदे सहमतिअनुसार एकीकृत जनक्रान्तिका सम्पूर्ण कमरेडहरू मुक्त हुनुपर्नेमा हालसम्म पनि ४० जना कमरेडहरू विभिन्न जेलहरूमा हुनुहुन्छ । राज्यले सहमति गरेअनुसार अविलम्ब बन्दी कमरेडहरू मुक्त गर्नुपर्छ । साथै मुद्दाहरू खारेज गरिनुपर्छ ।’

आगामी दिनमा राष्ट्रिय स्वाधिनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको विश्वकर्माले बताए । पार्टीले एमसीसी, एनसीएल, एसपीपी, अग्निपथ, माथिल्लो कर्णाली, अरुण तेस्रो, महाकाली अतिक्रमणविरुद्ध संघर्ष गर्ने पनि उनको भनाइ छ ।

प्रकाशित समय : १५:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु