गृहपृष्ठ साफ यू-२० महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
साफ यू-२० महिला च्याम्पियनसिप : भारतलाई हराउँदै नेपाल फाइनलमा
नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै नेपाल उपाधिनजिक पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक/एक गोल गरिन् । भारतकी अपूर्ण नार्जारीले गोल गरिन् ।
नेपालले एक गोलको सुरुआती अग्रता उल्टाएर भारतलाई हराएको हो । खेलको २०औं मिनेटमा अपूर्ण नार्जारीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, खेलको दोस्रो हाफमा नेपाल खेलमा फर्कियो ।
खेलको ४८औं मिनेटमा अन्जली चन्दले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याइन् । खेलको ६९औं मिनेटमा कप्तान प्रिती राईले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । त्यसपछि खेलको ८९औं मिनेटमा अमिषा कार्कीले गोल गर्दा नेपाललाई ३-१ को जित पक्का भयाे ।
जितसँगै नेपालले ३ खेलमा ६ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । फाइनल पुग्ने अर्को टोलीको टुंगो आजै हुने राउन्ड रोविनको अन्तिम खेलबाट लाग्नेछ । जसमा आयोजक बंगलादेश र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित समय : १६:५० बजे



















