global ime bank Long Banner Ad

गृहपृष्ठ चीनद्वारा टर्कीएलाई ६० लाख अमेरिकी डलर सहयोग

चीनद्वारा टर्कीएलाई ६० लाख अमेरिकी डलर सहयोग

चीनद्वारा टर्कीएलाई ६० लाख अमेरिकी डलर सहयोग

चीनले टर्कीएका भूकम्प पीडितका लागि ६० लाख अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । आपत्कालीन सहायताअन्तर्गत उक्त रकम टर्कीएलाई उपलव्ध गराउने घोषणा भएको हो ।

साथै चीनको रेडक्रसले टर्कीए र सिरियालाई दुई लाख अमेरिकी डलरको आपत्कालीन सहायता प्रदान गर्ने जनाएको छ । टर्कीए र सिरियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति शोक प्रकट गर्दै बेइजिङले दुवै देशसँग सम्पर्कमा रहेको बताएको छ ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीज र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्सले भूकम्प प्रभावित टकीर्ए र सिरियाका लागि एक करोड १५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका थिए।

प्रकाशित समय : १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु