global ime bank Long Banner Ad

गृहपृष्ठ ‘सरकारी बिदा धेरै भए, पुनर्विचार आवश्यक छ’

‘सरकारी बिदा धेरै भए, पुनर्विचार आवश्यक छ’

‘सरकारी बिदा धेरै भए, पुनर्विचार आवश्यक छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको र त्यसमा पुनर्विचार आवश्यक भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री दाहालले भने, ‘हाम्रा सरकारी बिदाहरू धेरै भए । यसले जनताका काम गर्ने समय कम भएको छ, सेवा प्रवाहमा समस्या देखिएको छ । यसबारे पुनर्विचार आवश्यक छ भनेर हामीले मन्त्रिपरिषदमा पनि छलफल गरेका छौं । गृहकार्य गरेर यसमा पुनर्विचार गर्नुपर्छ ।’

प्रधानमन्त्रीले प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र दिवसमा एकै प्रकृतिका कार्यक्रम गरिँदै आएकाले त्यसबारे थप छलफल आवश्यक भएको बताए । ‘हामीले गणतन्त्र, प्रजातन्त्र, लोकतन्त्र दिवस मनाउँछौं । तर, ती सबै कार्यक्रमको चरित्र एउटै छ । त्यसलाई कसरी एकीकृत गर्ने, राष्ट्रिय दिवसमा जनताको सहभागिता कसरी गर्ने भन्नेबारे पनि छलफल आवश्यक छ,’ उनले भने ।

बैठकले आगामी फागुन ७ गते विविध कार्यक्रमका साथ प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । त्यसका लागि प्रधानमन्त्रीको संयोजकत्वमा मूल समारोह आयोजक समिति गठन गरिएको छ ।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट जहानियाँ निरंकुश राणाशासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिनको स्मरणमा प्रजातन्त्र दिवस मनाउने गरिएको छ ।

प्रकाशित समय : १६:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु