काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

शुक्रबार राष्ट्रपतिले सङ्घीय संसदको बैठकलाई सम्बोधन गर्ने

7.12K
shares

राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते संघीय संसदको दुवै सदनलाई संयुक्तरुपमा सम्बोधन गर्ने भएकी छन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ९५ बमोजिम शुक्रबार दिउँसो ३ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्‍ता सागर आचार्यले जानकारी दिए।

यस्तै सोही धाराको उपधारा २ मा ‘राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्’ भन्ने प्रावधान छ ।