global ime bank Long Banner Ad

गृहपृष्ठ अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु

अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु

अत्यधिक गर्मीले चिलीको ३५ हजार एकड क्षेत्रमा आगलागी, १३ जनाको मृत्यु

चिलीमा अत्यधिक गर्मीका कारण १३ जनाको मृत्यु भएको छ । त्यहाँको मौसम विभागले आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिएको छ ।

गर्मीको लहरका कारण चिलीका करिब १४ हजार हेक्टर ९३५ हजार एकड० क्षेत्रफलमामा आगो फैलिएको छ । आगलागीमा हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । राजधानी सान्टियागोबाट करिब ५०० किलोमिटर टाढा रहेको सान्ता जुआना शहरमा अग्नि नियन्त्रकसहित ११ जनाको मृत्यु भएको छ ।

चिलीको कृषि मन्त्रालयका अनुसार आपतकालीन सहयोगका लागि आएको हेलिकप्टर पनि ला अराउकानियामा दुर्घटनाग्रस्त हुँदा एक पाइलट र एक मेकानिकको मृत्यु भएको समाचार संस्था एएफपीले जनाएको छ ।

आगो निभाउन थप सेना परिचालन गरिएको छ । देशभर आगलागीका ३९ घटना भएको र सयौं घरमा क्षति पुगेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिएकी छन् । आगामी दिनमा स्थिति थप बिग्रने चेतावनी दिइएको छ ।

प्रकाशित समय : ०७:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु