global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शनिबार बस्दैछ ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए ।

बिहीबार बोलाइएको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको थियो भने शुक्रबार अन्तिम समयमा आएर स्थगित भएको थियो ।

माओवादीको बैठकमा गृह मन्त्रालय र नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।

यही माघ १२ गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले पटक–पटक बस्दै सर्दै आएको नेताहरुको भनाइ छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबारसम्म गृह मन्त्रालय टुंगो लगाउन अल्टिमेटम दिएको छ । जसरी पनि गृह मन्त्रालय आफूले पाउनुपर्ने लामिछानेको जोड छ ।

प्रकाशित समय : ०९:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु