गृहपृष्ठ यी तीन प्रदेशमा वर्षाकाे सम्भावना
यी तीन प्रदेशमा वर्षाकाे सम्भावना
नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । विभागका अनुसार अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।
आज दिउँसाे देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने विभागअन्तर्गतकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
प्रकाशित समय : ०६:४० बजे



















