global ime bank Long Banner Ad

गृहपृष्ठ घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

घरमै भत्ता आउँदा ज्येष्ठ नागरिक खुसी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–२ चनौलीका ७२ वर्षीय मीनकुमारी महतो घरमै ज्येष्ठ नागरिक भत्ता पाएपछि खुसी भएका छन् ।

शारीरिक समस्याका कारण सहजरुपमा हिँडडुल गर्न नसक्ने महतोलाई जनप्रतिनिधि र बैंकका कर्मचारीले घरमै भत्ता ल्याइदिएका हुन् । “अरु व्यक्ति जस्तो हिँडडुल गर्न सक्दिन, बैंकसम्म पुग्न पनि टाढा हुँदा समस्या भएको थियो अहिले घरमै भत्ता पाउँदा छु”, उनले भनिन् ।

चौमासिकरुपमा पाउँदै आएको भत्ता यसपाली भने घरमै पाउँदा मनकुमारी जस्तै मध्यविन्दु नगरपालिका वडा नं १, २, ३ र ४ का नागरिक पनि खुसी छन् । मध्यबिन्दु नगरपालिकाले बैंकसँगको समन्वयमा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता वितरण शिविरबाट एक हजार पाँच सय लाभग्राही गाउँघै भत्ता दिइएको हो ।

बैंक पुग्न घण्टौँ समय लाग्ने समस्यालाई मध्यनजर गर्दै स्थानीयको समय र खर्च कम गर्न कर्मचारीको टोलीले वडामा पुगेर सेवा दिएको मध्यबिन्दु नगरपालिका–१ का वडाध्यक्ष तिलकराम न्यौपानेले बताए । “बैंकमा आउन नसक्ने अपाङ्गता भएका व्यक्ति, अशक्त, बिरामीलगायतका सेवाग्राहीलाई घरमै पुगी भत्ता वितरण गरिएको छ”, उनले भने ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु