काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

6.76K
shares

आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।

यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन् ।