गृहपृष्ठ माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
आज सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । माओवादीले पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । आजको बैठकमा गृह मन्त्रालयबारे छलफल हुने बताइएको छ ।
यसअघि गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको भए पनि रवि लामिछानेको नेपाली नागरिकता सर्वोच्च अदालतले अवैध ठहर गरेको थियो । नागरिकता अवैध भएसँगै लामिछानेले उपप्रधान एवं गृहमन्त्रालयको जिम्मेवारी गुमाएका थिए ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएसँगै उनले पुनः गृहमन्त्रीको दाबी गरेका छन् ।
प्रकाशित समय : ०९:५३ बजे



















