गृहपृष्ठ जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

जर्मनीले हक्की विश्वकपको उपाधि जितेको छ । भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक च्याम्पियन बेल्जियमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको खेल ३-३ गोलको बराबरी भएको खेलमा पेनाल्टी सुटआउटमा भने जर्मनीले खेल ५-४ ले आफ्नो पक्षमा पार्‍यो । फाइनलअघि भएको तेस्रो स्थानको भिडन्तमा भने नेदरल्यान्डले अस्ट्रेलियालाई ३-१ ले पराजित गरेको थियो ।

जर्मनी तेस्रो पटक हक्की विश्वकपको च्याम्पियन बन्यो । साविक च्याम्पियन बेल्जियमले भने लगातार दोस्रो पटक उपाधि जित्न असफल भयो । यसअघि जर्मनीले २००२ मा पहिलो पटक हक्की विश्वकपको उपाधि जितेको थियो ।

त्यस्तै २००६ मा लगातार दोस्रो पटक उपाधि जितेको जर्मनीले १७ वर्षपछि उपाधि जितेको हो । यसअघि जर्मनी २०१० मा फाइनलमा पुगेको थियो ।

प्रकाशित समय : ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु