काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जर्मनीले तेस्रो पटक जित्यो हक्की विश्वकपको उपाधि

6.93K
shares

जर्मनीले हक्की विश्वकपको उपाधि जितेको छ । भारतको भुवनेश्वरस्थित कलिंगा स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक च्याम्पियन बेल्जियमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समयको खेल ३-३ गोलको बराबरी भएको खेलमा पेनाल्टी सुटआउटमा भने जर्मनीले खेल ५-४ ले आफ्नो पक्षमा पार्‍यो । फाइनलअघि भएको तेस्रो स्थानको भिडन्तमा भने नेदरल्यान्डले अस्ट्रेलियालाई ३-१ ले पराजित गरेको थियो ।

जर्मनी तेस्रो पटक हक्की विश्वकपको च्याम्पियन बन्यो । साविक च्याम्पियन बेल्जियमले भने लगातार दोस्रो पटक उपाधि जित्न असफल भयो । यसअघि जर्मनीले २००२ मा पहिलो पटक हक्की विश्वकपको उपाधि जितेको थियो ।

त्यस्तै २००६ मा लगातार दोस्रो पटक उपाधि जितेको जर्मनीले १७ वर्षपछि उपाधि जितेको हो । यसअघि जर्मनी २०१० मा फाइनलमा पुगेको थियो ।