गृहपृष्ठ रिद्धिसिद्धि सिमेन्टको एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
रिद्धिसिद्धि सिमेन्टको एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
रिद्धिसिद्धि सिमेन्टले बिहीबार मकवानपुरको भीमफेदी गाउँपालिका– ३, झलकनेमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
भीमफेदी गाउँपालिकाको समन्वयमा भएको सो कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, सोही गाउँपालिका– ३ का वडा अध्यक्ष प्रीतिलाल लामा, प्रशासन प्रमुख अच्युत पराजुली, भीमफेदी गाउँपालिका– ३ का वडासदस्य बुद्धिमान बज्यू, नेकपा समाजवादी भीमफेदी गाउँपालिकाका संयोजक समीर श्रेष्ठ र खानी प्रमुख गणेशकुमार सिंहको उपस्थिति थियो ।
कम्पनी सबैको स्वास्थ्यप्रति सचेत रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दै जाने बताएको छ । रिद्धिसिद्धि सिमेन्टले नेपालमै पहिलोपटक अत्याधुनिक रोबोटिक प्रणाली प्रयोग गरेर सिमेन्ट उत्पादन गरिरहेको छ ।
प्रकाशित समय : ०७:३५ बजे



















