गृहपृष्ठ भारतमा दुईवटा लडाकु विमान दुर्घटना, एक पाइलटकाे मृत्यु

भारतमा दुईवटा लडाकु विमान दुर्घटना, एक पाइलटकाे मृत्यु

भारतमा दुईवटा लडाकु विमान दुर्घटना, एक पाइलटकाे मृत्यु

भारतमा शनिबार एकै दिन दुईवटा लडाकु विमान दुर्घटनामा परेका छन् । शनिबार बिहान स्थानीय समयअनुसार सवा नौ बजे सुखोई ३० र मिराज २००० लडाकु विमानले ग्वालियर एयर वेसबाट उडान भरेको बताइएको छ ।

यी दुवै विमान उडेको केही मिनेटमै दुघर्टनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सुखोई ३० विमानमा दुई पाइलट रहेको र दुवै जीवितै रहेको जनाइएको छ । उनीहरूको उपचार भइरहेको छ । उता मिराज २००० मा एक जना मात्र पाइलट रहेको र उनको मृत्यु भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ ।

सुखोई ३० विमान उडिरहेको बेला हावामै आगो लागेको बताइएको छ । उता मिराज २००० विमानबारे भने धेरै जानकारी दिइएको छैन । भारतीय सुरक्षा अधिकारीहरूले एकै दिन दुई दुर्घटना हुनुलाई असमान्य भनेका छन् ।

प्रकाशित समय : १५:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु