गृहपृष्ठ रसुवा बाढीपीडितलाई ५१ लाख सहयोग
रसुवा बाढीपीडितलाई ५१ लाख सहयोग
ख्वप । मध्यपुर थिमी नगरपालिकाले भोटेकोशी बाढीपीडितलाई ५१ लाख १०५ सहयोग गर्ने निर्णय गरेको छ ।
भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय भएको मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले जानकारी दिए। आज बसेको उक्त बैठकले यही भदौ महिनाको १५ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले जानकारी दिए ।
उक्त रकम जनप्रतिनिधिको एक महिना बराबरको सुविधा तथा नगरपालिका र मातहत कार्यरत शिक्षक तथा कर्मचारीको पारिश्रमिकबाट तहअनुसार क्रमशः दुई, पाँच र सात दिनको रकम कट्टा गरी सङ्कलन गरिने बताए ।
प्रकाशित समय : १९:१० बजे


















