गृहपृष्ठ त्रिभुवन विमानस्थलमा एक घण्टादेखि उडान बन्द
त्रिभुवन विमानस्थलमा एक घण्टादेखि उडान बन्द
त्रिभुवन विमानस्थलमा अध्यागमन विभागको वेबसाइटमा समस्या आउँदा एक घण्टाभन्दा बढी समयदेखि विमान उडान बन्द भएको छ ।
अहिले त्रिभुवन विमानस्थलबाट उड्नुपर्ने जहाज रोकिएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ । फ्लाई दुबई, इन्डिगो एयर र एयर इन्डियालगायत ५/६ वटा अन्तर्राष्ट्रिय उडान रोकिएको त्रिभुवन विमानस्थलले जनाएको छ ।
अध्यागमन विभागले भने सबै सरकारी वेबसाइटमा समस्या आएको बताएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।
प्रकाशित समय : १४:५३ बजे


















