गृहपृष्ठ बाढीपहिरो पीडितको राहतका लागि पद्यम ज्योति ग्रुपको १ करोड सहयोग
बाढीपहिरो पीडितको राहतका लागि पद्यम ज्योति ग्रुपको १ करोड सहयोग
Screenshot
काठमाडौं । विनाशकारी बाढीपहिरोबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि पद्यम ज्योति ग्रुपअन्तर्गतको स्याकार ट्रेडिङ कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गरेको छ ।
हालै देशका विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई तत्काल राहत तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
नेपालमा होन्डाको आधिकारिक प्रतिनिधिका रूपमा रहेको स्याकार ट्रेडिङले विपद्को कठिन घडीमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताएको छ ।
कम्पनीले राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकार र विभिन्न सरोकारवाला निकायले गरिरहेको प्रयासमा निजी क्षेत्रसहित सबै पक्षको सहकार्य आवश्यक रहेको जनाएको छ ।
“यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौं । राहत तथा पुनःस्थापनाको काममा सकारात्मक योगदान पु¥याउनु हाम्रो उद्देश्य हो,” कम्पनीले बताएको छ ।
प्रकाशित समय : १८:४२ बजे


















