गृहपृष्ठ गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

गृहमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’मा

नागरिकता विवादसम्बन्धी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा सकिएको छ ।

अब शुक्रबारका लागि उक्त मुद्दा निरन्तर हुने सर्वोच्च अदालत प्रशासनले जनाएकाे छ । बुधबार रविको नागरिकता अवैध भएकोबारे रिट निवेदनका तर्फबाट अधिवक्ताहरु रमण कर्ण, सुरेन्द्र भण्डारी र रवि बस्यालले आफ्ना भनाइ राखेका थिए ।

उनीहरुले लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनर्स्थापित हुने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिक नभएको बताएका थिए । लामिछानेको पुरानो नागरिकता सक्रिय गर्ने प्रक्रिया पूरा नगरेकाले उनी नेपाली नागरिकता प्राप्त गर्न योग्य नागरिक मात्र भएको बहसका क्रममा जिकिर गरिएको थियो ।

लामिछानेका पक्षमा सुनील पोखरेल र सुशील पन्तले बहस गरेका थिए । उनीहरुले लामिछानेले अमेरिकी नागरिकता त्यागिसकेकाले उनी स्वत: नेपाली नागरिक भइसकेको जिकिर बहसका क्रममा गरेका थिए ।

रिट निवेदकका तर्फबाट सरकारी वकिल सञ्जीवराज रेग्मीले पनि बहस गरेका थिए ।

प्रकाशित समय : १७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु