गृहपृष्ठ भोलिदेखि बिहान ११ बजेसम्म सबै प्रकारका पसल खुल्ने
भोलिदेखि बिहान ११ बजेसम्म सबै प्रकारका पसल खुल्ने
सरकारले लकडाउन खोल्ने विषयमा कुनै तदारुकता नदेखाई उल्टै व्यवसायीलाई कर तिर्न ताकेता गरेको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले भोलिबाट बजार खोल्ने निर्णय गरेको छ ।
महासंघद्वारा बुधबार जारी विज्ञप्तिमा भोलिबाट बिहान ११ बजेसम्म दैनिक पसलहरु खोल्ने उल्लेख छ । नेपालमा अझै लामो समय यही किसिमको लकडाउन जारी रहने हो भने उद्योगी-व्यवसायीहरु व्यवसायबाट पलायन मात्र होइन रोजीरोटी नै गुम्ने खतरा पैदा भएको महासंघको भनाइ छ । पसल खोल्ने क्रममा सामाजिक दुरी कायम गर्दै मास्क सेनिटाइजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य सुरक्षाका न्यूनतम मापदण्ड पुरा गर्ने महासंघले प्रतिवद्धता जनाएको छ ।
महासंघद्वारा जारी विज्ञप्ति : 
प्रकाशित समय : ०३:४९ बजे




















