गृहपृष्ठ सामान्य अवस्थाका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने
सामान्य अवस्थाका संक्रमितलाई घरमै आइसोलेसनमा राखिने
कोरोना संक्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेसनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ ।
मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड- १९ केशको आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जारी गरेको हो । निर्देशिकामा भेन्टिलेटर र अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीलाई अस्पताल र सामान्यावस्थामा रहेका बिरामीलाई घरमै विभिन्न सचेतनासहित राख्नेसम्बन्धी बुँदा समावेश गरिएको छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ र कोभिड- १९ रोकथाम योजनाबमोजिम संक्रमितको संख्या दुई हजार नाघेर दोस्रो चरणमा प्रवेश गरेका अवस्थामा जनस्वास्थ्य विपद् अवस्था घोषणाको तयारी भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी मन्त्रालयले कोरोनाबाट मृत भएकाको शव व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७६ लाई पनि संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रकाशित समय : ०३:३१ बजे




















