global ime bank Long Banner Ad

गृहपृष्ठ प्रचण्डकै भरमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिदै

प्रचण्डकै भरमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिदै

प्रचण्डकै भरमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिदै

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

‘कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने निर्णय गरेको छ । त्यसका लागि अन्य दलसँग छलफल सुरु गर्छौ,’ उनले भने । नेपाली कांग्रेसले पार्टीकै उम्मेदवार उठाउने निर्णय गरे पनि त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै निर्णायक मानेको छ ।

कांग्रेसले विश्वासको मत दिएका बेला राष्ट्रपतिमा सघाउने विषयमा सहमति भए नभएको नखुले पनि संविधान जोगाउन प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएकाले कांग्रेसले उनीसँग धेरै अपेक्षा गरेको महतको भनाइ छ । तर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिका विषयमा केही बोलेका छैनन् । उनले प्रतिपक्षी दलसँगको सहमतिमा मात्र राष्ट्रपतिको उम्मेदवार तय हुने बताएका छन् ।

कांग्रेसले २९ फागुनअघि नै राष्ट्रपतिको निर्वाचन गर्न दबाब दिने निर्णय पनि गरेको छ । वर्तमान सत्तागठबन्धनले फागुनपछि राष्ट्रपतिको निर्वाचन गर्ने तयारी गरेपछि कांग्रेसले दबाब दिने रणनीति बनाएको हो ।

प्रकाशित समय : १७:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु