गृहपृष्ठ सिप्रदी ट्रेडिङको आग्रह- नक्कली म्याक ल्युब्रिकेन्टप्रति सचेत रहनुस्

सिप्रदी ट्रेडिङको आग्रह- नक्कली म्याक ल्युब्रिकेन्टप्रति सचेत रहनुस्

सिप्रदी ट्रेडिङको आग्रह- नक्कली म्याक ल्युब्रिकेन्टप्रति सचेत रहनुस्

विगत केही समयदेखि नेपालका केही सहरी क्षेत्रमा नक्कली म्याक ल्युब्रिकेन्ट भित्रिरहेको आधिकारिक बिक्रेता कम्पनी सिप्रदी ट्रेडिङले जनाएको छ ।

कम्पनीका अनुसार वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रका कतिपय पसलले छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पाइएको हो । अटोबजारको लोकप्रिय म्याक लुब्रिकेन्ट्स दुईपांग्रेदेखि सानो गाडी तथा ठुलो गाडीमा समेत प्रयोग हुने सर्वाधिक रुचाइएको इञ्जिन आयल हो ।

अटो क्षेत्रमा मात्रै सीमित नभएर इण्डस्ट्रियल प्रयोजनका लागि पनि प्रयोग हुने म्याक लुब्रिकेन्ट्स नेपाल, भारतलगायत विभिन्न राष्ट्रमा प्रयोग हुन्छन् । ‘तर विगत केही समयदेखि नेपालका वीरगन्ज, चितवन, जनकपुर, महेन्द्रनगर, पोखरा, गौर लगायतका क्षेत्रमा छिमेकी मुलुकबाट अवैध रुपमा नक्कली म्याक लुब्रिकेन्ट आयात गरी बिक्री गरिरहेको पाएका छौं,’ कम्पनीले भनेको छ ।

यस्ता कार्यले इञ्जिन खराब मात्र नभएर राजस्वमा पनि धेरै नकारात्मक असर पर्ने कम्पनीको भनाइ छ । भारत पेट्रोलियमको म्याक लुब्रिकेन्ट्सका आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भविष्यमा यस्ता गतिविधि बन्द नगरेमा ती व्यापारी र पसलहरूलाई कडाभन्दा कडा कारबाही गर्ने जनाएको छ ।

प्रकाशित समय : ०९:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु