global ime bank Long Banner Ad

गृहपृष्ठ फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार

फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार

फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार

सन् २०१८ मा रिलिज फिल्म ‘स्त्री’ पछि अभिनेता राजकुमार रावले बक्सअफिसमा कुनै सफल फिल्म दिएनन् । यद्यपि त्यसअघि उनको खातामा ‘बरेली की बर्फी’ र ‘न्यूटन’ जस्ता औसत फिल्म मात्र थिए । तर पनि उनका लागि राहतको कुरा यो थियो कि मानिसहरु उनमा सम्भावना देख्थे र अभिनयको तारिफ गर्थे ।

‘स्त्री’पछि भने न उनको फिल्मी दम देखियो न त चम्किलो अभिनय नै । उनीपछि आएका आयुष्मान खुराना र पंकज त्रिपाठी अहिले उनीभन्दा धेरै अगाडि छन् । राजकुमारको फिल्मलाई भने हलमा दर्शक जुटाउनै हम्मे परिसकेको छ । यस्तो अवस्थामा अब उनले दर्शकसँग सम्पर्कमा रहिरहनका लागि म्यूजिक भिडियोको अभिनय तिर लागेका छन् ।

दुई दिन अघि टी–सिरिजमा सन् १९९५ मा रिलिज फिल्म ‘सनम बेवफा’को चर्चित गीत ‘अच्छा सिला दिया तुने मेरो प्यार’को रिमिक्स गीत सार्वजनिक भएको थियो । गीतको भिडियोमा राजकुमार राव र नोरा फतेही फिचर्ड छन् । नोराको अभिनयको अवस्थाबारे सबै जानकार छन्, किनकी उनी मूल रुपमा डान्सर हुन् । तर राजकुमारले यो भिडियोमा अभिनय गरेको देखेर दर्शक चकित छन् ।

भिडियो रिलिज हुनासाथ सामाजिक सञ्जालमा तिखो आलोचना भइरहेको छ । अधिकांशले राम्रो गीतलाई रिमिक्स गरेको भनेर आलोचना गरिरहेका त छन् नै । राजकुमार जस्तो अभिनेतालाई के बाध्यताले भिडियोमा अभिनय गर्नुपर्यो भन्ने कुराले पनि मान्छेलाई अचम्मित बनाएको छ ।

राजकुमारले ‘स्त्री’पछि ‘लव सोनिया’, ‘५ वेडिंग्स’, ‘एक लड्की को देखा तो ऐसा लगा’, ‘जजमेन्टल है क्या’, ‘मेड इन चाइना’, ‘शिमला मिर्च’, ‘रूही’ र ‘बधाई दो’ जस्ता फ्लप फिल्म बक्सअफिसमा दिए । ओटीटीमा रिलिज उनको ‘हम दो हमारे दो’ र ‘मोनिका ओ माई डार्लिङ’को चर्चा पनि खासै भएन । दर्शकले फिल्मलाई नै बिर्सिए ।

अहिले राजकुमारको करियर डामाडोल छ । बलिउडको बक्सअफिसले संकटको सामना गरिरहँदा राजकुमारलाई भने राम्रो फिल्म दर्शकलाई दनुपर्ने जिम्मेवारी उत्तिकै छ । सन् २०२३ मा उनका तीन फिल्म ‘भीड’, ‘मिस्टर एण्ड मिसेज माही’ र ‘श्री’ रिलिज हुँदैछन् । यदी यी फिल्मले पनि उनको करियरलाई सम्हाल्न सकेन भने उनका लागि आगामी दिन अझ कठिन हुनेछ ।

प्रकाशित समय : १३:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु