काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न लिखित निवेदन

6.57K
shares

नेपाल मजदुर किसान पार्टीलाई प्रमुख प्रतिपक्ष दलको घोषणा गर्न माग गरिएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसद प्रेम सुवालले नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै सभामुखसमक्ष लिखित निवेदन पेस गरे । प्रतिनिधिसभामा नेमकिपाका तर्फबाट उनी एक मात्र सांसद रहेका छन् । ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिने दल प्रमुख प्रतिपक्ष दल हुन सक्दैन । त्यसकारण नेमकिपालाई प्रमुख प्रतिपक्ष दल घोषणा गर्न माग गर्दै लिखित निवेदन पेस गर्दछु,’ उनले भने ।

प्रमुख प्रतिपक्ष दल घोषणा नगरी उपसभामुख चयन नगर्न समेत उनले माग गरे ।