कुमारी बैंकका ग्राहकलाई माया लाउन्ज एण्ड रेस्ट्रोमा विशेष छुट
वि.सं.२०७९ माघ ६ शुक्रवार २१:५८
shares

कुमारी बैंक लिमिटेड र माया लाउन्ज एण्ड रेस्ट्रोबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई माया लाउन्ज एण्ड रेस्ट्रोको सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत माया लाउन्ज एण्ड रेस्ट्रोका विभिन्न सेवामा आकर्षक छुटको प्रावधान गरेको जनाएको छ । बैंकका डेबिट/क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले उक्त रेस्ट्रोको माछापोखरी र मध्य बानेश्वर शाखाबाट खाना र पेय पदार्थ शुल्कमा १० प्रतिशत र विभिन्न भेला वा समारोहमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटीएम, ६२ शाखारहित बैंकिङ इकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

























