गृहपृष्ठ नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

नेपालगञ्जबाट काठमाडौं उडेको श्री एयरको विमान झापामा अवतरण

बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौं उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ ।

आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो ।

बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

उक्त विमान काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ ।

मौसम सफा भएपछि विमान चन्द्रगढीबाट काठमाडौं फर्काइने काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।

भिजिबिलिटी कम भएका कारण त्रिभुवन विमानस्थलबाट उडान प्रभावित भएको छ।

प्रकाशित समय : १०:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु