गृहपृष्ठ नाटोले युक्रेनलाई हतियार सहयोग गरे अर्को तहको युद्ध गर्ने रुसको चेतावनी
नाटोले युक्रेनलाई हतियार सहयोग गरे अर्को तहको युद्ध गर्ने रुसको चेतावनी
नाटोले युक्रेनलाई भारी मात्रामा हतियार पठाए थप खतरनाक युद्ध हुने चेतावनी रुसले दिएको छ ।
पश्चिमा देशहरूले युक्रेनमा थप शक्तिशाली सैन्य उपकरणहरू पठाउने तयारी गरिरहेका बेलामा रुसले वक्तव्य जारी गर्दै अर्को तहको युद्ध हुने चेतावनी दिएको हो।
पछिल्लो समय युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले प्रयाप्त हतियार नपाएको भन्दै निराशा व्यक्त गरिरहेका छन् । जर्मनीले पनि युक्रेनलाई थप ट्यांकहरू आपूर्ति गर्नुपर्ने बताइरहेको छ ।
बेलायतले यसअघि ट्यांक पठाउने घोषणा गरिसकेको छ । यी ट्यांकहरू युक्रेन पठाउन बाटो खाली गर्न पोल्यान्ड लगायत देशलाई दबाबसमेत सिर्जना भएको छ ।
उता रुसले भने रुसी सेना र भूभागमा आक्रमण गर्न सक्ने हतियार नदिन पश्चिमा मूलुकलाई दबाब दिइरहेको अलजजीराले लेखेको छ ।
प्रकाशित समय : ०९:३५ बजे


















