गृहपृष्ठ उपसभामुखको उम्मेदवारी दर्ता आज, मतदान भोलि

उपसभामुखको उम्मेदवारी दर्ता आज, मतदान भोलि

उपसभामुखको उम्मेदवारी दर्ता आज, मतदान भोलि

प्रतिनिधि सभाकाे उपसभामुख चयनका लागि आजदेखि प्रक्रिया सुरु हुँदैछ । प्रतिनिधि सभाले बिहीबार मात्रै सभामुख पाएपछि आजदेखि उपसमाभुखको निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।

संघीय संसद सचिवालयका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत आज उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका रहेको छ ।

मनोनयन दर्ताको मिति दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ । उम्मेदवारको नामावली पनि आजै साँझ प्रकाशित गरिनेछ । मतदान शनिबारको प्रतिनिधि सभा बैठकमा हुनेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सभामुखमा गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

उपसभामुखमा आज मनोनयन दर्ता गर्ने दिन भए पनि दलहरूले उम्मेदवारको भने टुंगो लगाइसकेका छैनन् ।

सत्ता गठबन्धनमा उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको छ । गठबन्धनले रास्वपाकी सोविता गौतमलाई उम्मेदवार बनाउने चर्चा भएपनि अन्तिम समयमा रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको छ ।

आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

प्रकाशित समय : ०९:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु