काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एनआइबीएल ग्रोथ फन्ड योजनाका इकाइ बाँडफाँट

7.58K
shares

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वको एनआइबीएल एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबीएल म्युचुअल फण्डअन्तर्गतको ‘एनआइबीएल ग्रोथ फण्ड’ योजना इकाइ बाँडफाँट भएको छ ।

प्रतिइकाइ १० रुपैयाँ अंकित दरको १६ करोड इकाइहरु बाँडफाँट भएको हो । यसका लागि पुस ७ गतेदेखि पुस २१ गतेसम्म सार्वजनिक रुपमा बिक्री आह्वान गरिएको थियो । उक्त योजनाको इकाइ बाँडफाँट गत मंगलबार सम्पन्न भएको हो ।

१६ करोड इकाइहरुमध्ये बीजपुँजीबापत १ प्रतिशत अर्थात् १६ लाख इकाइ योजना व्यवस्थापक एनआइबीइएल एस क्यापिटल लिमिटेड तथा १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाइ कोष प्रवर्द्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साबिकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड)को लागि गरी कुल निष्काशन गरिने इकाइमध्ये ३ करोड २० लाख इकाइ सुरक्षित राखी बाँकी रहेको १२ करोड ८० लाख इकाइको बिक्री खुल्ला गरिएको थियो ।

सो अवधिभित्र ४२ हजार ६० आवेदकहरुमार्फत ९ करोड ९३ लाख ६७ हजार ९ सय इकाइका लागि मात्र रीतपूर्वक आवेदन भई योजनाको आकार जम्मा १ अर्ब ३१ करोड ३६ लाख ७९ हजार हुने भएको छ । योजना व्यवस्थापक एनआइबीएल एस क्यापिटल लिमिटेडले बीजपुँजीको रुपमा ६३ लाख २१ हजार थप गरी रीतपूर्वक आवेदन दिने सबैलाई माग गरेअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ बमोजिम ३ गते बाँडफाँट गरिएको हो ।

६३ लाख २१ हजार रुपैयाँ थप गरी योजनाको आकार १ अर्ब ३२ करोड रुपैयाँ कायम गरिएको क्यापिटलले जनाएको छ ।