global ime bank Long Banner Ad

गृहपृष्ठ बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत

बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उनले एक सय पाँच मत प्राप्त गरेका छन् । विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो ।

आज अपराह्न बसेको प्रदेशसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन सदस्यले विपक्षमा मतदान गरेका थिए । मतदानमा एक सय नौ सदस्यले भाग लिएका थिए । नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत प्रदान गर्ने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले बताए ।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मत दिएका थिए ।

प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

प्रकाशित समय : १८:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु