काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

वीर अस्पतालमा पनि फोनपे क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

5.9K
shares

वीर अस्पतालमा अबदेखि फोनपे क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । याेसँगै नेपालको सबैभन्दा पुरानो सरकारी अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झट हटेकाे छ ।

वीर अस्पतालमा डाइनामिक क्युआर कोडको सिस्टम सुरू गरिएसँगै बिरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो । उक्त क्युआर सेवाको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरेका थिए । क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्दै अधिकृत बस्नेतले भने, ‘ वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगद नै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुनेजस्ता डरबाट मुक्ति मिलेको छ ।’

यस्तै, अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको छ ।