global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ पर्यटनमा नेपाल किन पछि पर्‍यो ?

पर्यटनमा नेपाल किन पछि पर्‍यो ?

पर्यटनमा नेपाल किन पछि पर्‍यो ?

निनाम लोवात्ती

सन् २०२३ सुरु भएको छ । यसै सन्दर्भमा नेपालको पर्यटकीय नगर र विभिन्न सहर-बजारमा विभिन्न कार्यक्रम गरेर ईस्वी संवतकाे नयाँ वर्ष मनायो । तर यो लेखमा चाहिँ विश्व पर्यटन संगठन-वर्ल्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटीओ) ले सन् २०२२ मा गरेको विभिन्न गतिविधि बारेमा प्रकाश पार्ने प्रयास गरिएकाे छ ।

डब्लुटीओले सन् २०२२ मा आफूले गरेको विभिन्न गतिविधिको सूची प्रकाशित गरेअनुसार सन् २०२२ को १२ महिनामा डब्लुटीओले धेरै प्रगति गरेको मान्न सकिन्छ । उक्त प्रगती विवरणअनुसार उसले सन् २०२२ को जनवरीमा ग्लोबल टुरिज्म एड्भोकेसी आयोजना गर्‍याे । फेब्रुअरीमा टुरिज्म लिडर समिट आयोजना गर्‍याे । त्यस्तै मार्चमा वुमेन इम्पावरमेन्ट हर्ट अफ टुरिज्म रि-स्टार्ट र बेस्ट भिलेज टुरिज्म (दोस्रो पटक) आयोजन गर्‍याे ।

अप्रिलमा चाहिँ अवेक टुरिज्म च्यालेञ्ज फर स्टार्ट अप आयोजना गर्‍याे भने मे मा संयुक्त राष्ट्र संघको साधारण सभामा दिगो पर्यटनका लागि उच्चस्तरीय छलफल गर्‍याे । त्यसै गरेर जुनमा विश्वका ११६ सदस्य देशका कार्यकारी सभाले समुन्द्रका सम्बन्धमा सम्मेलन गरे भने जुलाईमा पहिलो पटक फर्स्ट ग्लोबल युथ टुरिज्म समिट आयोजना गर्‍याे । त्यस्तै अगस्टमा अन्तर्राष्ट्रिय पर्यटन लगातार सकारात्मक दिशातर्फ गएको सन्देश प्रवाह गर्‍याे ।

स्मरणीय छ, सन् २०२२ को अगस्टमा चाहिँ २५० मिलियन अन्तर्राष्ट्रिय पर्यटक संख्याले विश्वका विभिन्न देशको भ्रमण गरेको तथ्यांक सार्वजनिक भयो । त्यस्तै सन् २०२२ को सेप्टेम्बरमा विश्व पर्यटन दिवस, विश्वका विकसित २० देशका सरकारहरुबीच जी २० टुरिज्म वर्किङ ग्रुप आयोजना गर्‍याे । साथै कोरोना महामारीअघिको तुलनामा ६० प्रतिशतले विश्व पर्यटनमा प्रगति भएको सार्वजनिक गर्‍याे ।

साथै अक्टोबरमा विश्व डब्लुटीओको नेटवर्क अफ टुरिज्म अब्जरभेटरी (ईन्स्टो) आयोजना र सो अब्जरभेटरीले विश्व पर्यटन संगठन-वर्ल्ड टुरिज्म अर्गनाइजेसन (डब्लुटीओ) मा विश्वका अरु देशलाई पनि सदस्यका रुपमा थप्ने गरी सहमति दियो भने नोभेम्बरमा चाहिँ डब्लुटीओका सदस्य राष्ट्रका पर्यटनमन्त्रीहरुको सम्मेलन आयोजना गर्‍याे । त्यस्तै जलवायुसम्बन्धी कोप २७ सम्मेलनमा पर्यटनसम्बन्धी एजेन्डामा छलफल गराउन सफल भयो भने सन् २०२२ को अन्तिम महिना अर्थात् डिसेम्बरमा चाहिँ विश्व खानपिनसम्बन्धी ग्यास्ट्रोनोमी फोम, बेस्ट टुरिज्म भिलेज एन्ड स्टुडेन्ट लिग २०२२ सम्मेलन आयोजना गर्‍याे ।

यता नेपाली पर्यटनको सन्दर्भमा भन्नु पर्दा त्यस्तो कुनै कार्यक्रमहरु गरिएन । तापनि नेपाल आउने विदेशी पर्यटकको संख्यामा भने राम्रै वृद्घि भएको छ । हुन पनि सन् २०२२ मा पाँच लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गर्लान कि भन्ने अनुमान रहेकोमा ११ महिनामै ५ लाख ४६ हजारभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् ।

सुरुमा नेपाली पर्यटनको उत्थान र प्रवर्द्धन गर्नमा विदेशी नागरिकहरुको महत्वपूर्ण योगदान रहेको थियो भन्ने हामीले बिर्सनु हुँदैन । त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापानिज, स्वीस, रुसी, फ्रान्सेली, इटालियन आदि देशका पर्यटकहरुले नेपाली पर्यटन प्रवर्द्धन गर्न योगदान गरेका थिए । त्यसैले हामीले उनीहरुले गरेको त्यो सुरुवाती योगदानलाई कदापि भुल्नु हुँदैन ।

त्यसो त ती विदेशीहरु, जो नेपाल आएर बसेका थिए, उनीहरु सुरुमा शुद्ध पर्यटन व्यवसायीको रुपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल बसेका थिए । जे-जस्तो भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचार प्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरु बेच्न जस्तै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रुप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरुबाटै सुरु भएको हामीले स्वीकार्नु पर्ने हुन्छ ।

तीसवर्षे पञ्चायतीकालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनु पर्ने हो, त्यति भएन । सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरुको संख्याले लाखको संख्या नाघ्न थाल्यो । नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्व पाउन थाल्यो । तर, बीचको प्रजातान्त्रिक भनिएको सरकारले भने नेपालको पर्यटन विकास लागि खासै गर्व गर्न लायक काम गरेन ।

हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्‍याफ्टिङ)मा जाने पर्यटकलाई अनुमति दिएवापत उनीहरुबाट मनग्गे शुल्क असुल्ने काममा हेरविचार गरिएन । त्यो बेलाको श्री ५ को सरकारले गरेको एक मात्रै राम्रो काम भनेको ‘नेपाल पर्यटन बोर्ड’ को गठन हो ।

प्रकाशित समय : १६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु