गृहपृष्ठ सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

सुकुम्बासी बस्ती हटाउन महानगरले माग्यो गृहमन्त्रालयको सहयोग

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती नदी किनारमा रहेका अनधिकृत संरचना हटाउन गृहमन्त्रालयको सहयोग मागेको छ ।

महानगरपालिकाले बुधबार गृहमन्त्रालयलाई पत्राचार गरेर सहयोग मागेका हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको हस्ताक्षर रहेको गृहमन्त्रालयलाई पठाएको पत्रमा सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय गरिदिन अनुरोध गरिएकाे छ ।

‘थापाथलीस्थित बागमती नदी किनारमा अनाधिकृत रूपमा निर्माण भएका संरचनाहरू हटाउन पटक-पटक प्रयास भएको व्यहोरा विदितै छ । यस महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा सार्वजनिक क्षेत्र अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनुपर्ने देखिन्छ । जसको लागि तहाँमार्फत सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ पत्रका उल्लेख छ ।

यसअघि उक्त बस्ती हटाउने क्रममा महानगर प्रहरीले सुकुम्बासीबीच झडपसमेत भएको थियो ।

पत्र :

प्रकाशित समय : १६:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु