गृहपृष्ठ सरकारमा सहभागी हुने राप्रपाको निर्णय, पृथ्वी जयन्तीमा बिदा पूर्वसर्त
सरकारमा सहभागी हुने राप्रपाको निर्णय, पृथ्वी जयन्तीमा बिदा पूर्वसर्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले न्युनतम साझा कार्यक्रममा सहमति भए सरकारमा जाने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जसअनुसार राप्रपाले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक दिनुपर्ने, मन्त्रिपरिषद्बाट हुने विवादित निर्णय पनि अख्तियारबाट छानबिनको दायरमा ल्याउनुपर्ने लगायतका सर्त सरकारसँग राख्ने निर्णय गरेको छ ।
यस्तै, यसै वर्षबाट कृषि मल कारखाना सुरु गर्नुपर्ने लगायत विषय सम्बोधन गरे मात्रै आफूहरू सरकारमा सहभागी हुने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
संघीय संसद्मा १४ सिट रहेको राप्रपाले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई समर्थन गरेको छ। तर अहिलेसम्म सरकारमा सहभागी भइसकेको छैन ।
प्रकाशित समय : ०८:०१ बजे



















