गृहपृष्ठ ज्योतिषले निकालेको साइतमा बालुवाटार सरे प्रचण्ड
ज्योतिषले निकालेको साइतमा बालुवाटार सरे प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सरेका छन् । आज बुधवार बेलुकी उनी बालुवाटार सरेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड ज्योतिषले निकालेको शुभ साइतमा बालुवाटार प्रवेश गरेका हुन् । प्रचण्डले ज्योतिष टीकाराम घिमिरेलाई बोलाएर बालुवाटर सर्ने साइतको टुंगो गरेका थिए।
यसअघि आजै निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीमा भाडाको घरमा सरेका थिए ।
बालुवाटारको चाबी प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन्। उनलाई सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले बालुवाटारको चाबी हस्तान्तरण गरेका थिए।
आइतबार प्रधानमन्त्रीमा नियुक्त दाहालले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गरेका थिए। उनले पहिलोपटक दौरा सुरुवालमा शपथ लिएका थिए। दाहाल यसअघि २०६५ र २०७३ मा ९९ महिना प्रधानमन्त्री बनेका थिए।
प्रकाशित समय : ०६:५० बजे



















