nmb bank

गृहपृष्ठ बर्दिबासमा अतिक्रमित जग्गा वडाध्यक्षले फिर्ता ल्याए

बर्दिबासमा अतिक्रमित जग्गा वडाध्यक्षले फिर्ता ल्याए

बर्दिबासमा अतिक्रमित जग्गा वडाध्यक्षले फिर्ता ल्याए

महोत्तरीको बर्दिबास नगरपालिकास्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ ।

पाटुस्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी वडाध्यक्ष विराट विष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याएका हुन् ।

लामो समयदेखी जोतभोग गर्दै आएको दावी गर्दै व्यक्तीले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै वडाध्यक्ष विष्टले बुधबार नै स्थानिय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिति समेत बनाएका छन् ।

विभिन्न व्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दर्यकरण गरेर पर्यटनस्थल निर्माण गर्ने वडाध्यक्ष विष्टले जानकारी दिए ।

‘स्थानिय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्कसमेत निर्माण गरि स्थानियहरुको लागि आयआर्जनको वातावरण सिर्जना गर्ने तयारी गरेका छौं,’ उनले भने ।

रातु नदिको तटिय क्षेत्रमा रहेको उक्त जमिन केही स्थानियहरुले फडानी गरेर वाली लगाइएको पाइएको छ । यो निर्णयसँगै मनलागी अतिक्रमण गर्ने स्थानियहरुमा समेत नियन्त्रण हुने विश्वास लिइएको छ ।

‘जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन् । अब उनीहरुलाई हटाइनेछ,’ उनले भने ।

नगरमा नै  सवैभन्दा बढी बर्दिबास–३ मा भू–माफियाहरुको चलखेल बढेको विभिन्न तथ्यहरु सार्वजनिक भइरहेको बेला वडाध्यक्ष विष्टले लिएको पहलकदमीलार्इ निक्कै सकारात्मक रुपमा लिइएको छ ।

प्रकाशित समय : ०६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु